बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री कार्यालयसहित जनकपुर डुबानमा ( फोटो फिचर)

मुख्यमन्त्री कार्यालयसहित जनकपुर डुबानमा ( फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - तीन दिनदेखि लगातार भइरहेको अबिरल वर्षाका कारण मुख्यमन्त्री कार्यालयसहित जनकपुरको अधिकांस क्षेत्र डुबानमा परेको छ। वर्षापछि पानीको समूचित निकास हुन नसक्दा यहाँको अधिकांश भाग डुबानमा परेको हो।

भारी वर्षाका कारण जचुकालिस्थित मुख्यमन्त्री कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय , जिल्ला हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायतका दर्जनौं सरकारी कार्यालयहरु डुबानमा परेको छ।

यसैगरी वर्षाका कारण जनकपुरको वडा नम्बर १,२, ३,१०,११ लगायतका वडाहरु डुबानमा परेपछि जनजीवन कष्टकर बनेको छ। यी वडाहरूको घरभित्र पानी छिरेपछि स्थानीय समस्यामा परेका छन्। 

यता हालसालै निर्माण भएका जनकपुरका सडकहरु समेत जलमग्न भएका छन्। आधुनिक प्रविधि र ढलसहितको सडकमा पानी नजम्ने दाबा गरिएपनि सडकहरु जलमग्न भएका हुन्।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयकै अगाडि सडकमा पानी जमेको छ भने भानुचोक, शिवचोकलगायतका सडकहरु जलमग्न देखिएको छ।

तस्बिर : धैर्यकान्त/ नेपाल समय















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।