बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको गोलीबाट ज्यान गुमाएका सिंहको घरमा पुगे निधि

प्रहरीको गोलीबाट ज्यान गुमाएका सिंहको घरमा पुगे निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि प्रहरीको गोली लागेर मृत्यु भएका सरोजनारायण सिंहको घर पुगेका छन्। तेह्रौं पूण्यतिथिको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्न बिहीबार उनी सिंहको सर्लाहीको ईश्वरपुरस्थित घर पुगेका हुन्। 

उपसभापति निधिले सिंहका बुबा जीवछनारायण सिंह, आमा उर्मिला देवी, श्रीमती रंगीला देवीलगायत परिवारका अन्य सदस्यहरुलाई भेटेर श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको तर्फबाट हरेक खाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

त्यहाँ आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उपसभापति निधिले घटनाको दोषीलाई कारबाही गर्नुका साथै सिंहलाई तत्काल शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्। संसदीय समिति बनाएर घटनाको छानबिन गर्न नेपाली कांग्रेसले सदनमा आवाज उठाइरहेको उनले बताए।

‘सिंहलाई शहीद घोषणाका लागि सिफारिस गर्ने सहमति भएको छ,’ निधिले भने, ‘स्थानीय प्रशासनले गरेको सहमति तत्काल कार्यान्वयन हुनु पर्दछ।’ यसका साथै सिंहको श्रीमतीलाई रोजगारीको व्यवस्था, बालबच्चाको भरणपोषण तथा पढाइ लेखाइको व्यवस्था स्थानीय तहले गर्नुपर्ने उनले बताए।

अवैध उत्खनन्का कारण बनेको खाल्डोमा डुबेर शनिबार १२ वर्षीय बालक अमित राय यादवको मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपूर्ति र अवैध उत्खनन् बन्द हुनुपर्ने माग राख्दै राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको बेला प्रहरीको गोली लागि सिंहकोे घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले आफूहरुमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको बताए पनि स्थानीयले भने प्रदर्शनपछि फर्कने क्रममा घटना भएको बताएका छन्। सिंहका बाबु जीवछ नारायणले भने, ‘अश्रुग्यास प्रहार भएपछि सबैजना आँखा धोएर फर्किइ रहेका थिए। त्यतिकैमा अचानक गोली चल्यो र सरोजको टाउकोमा गोली लाग्यो।’

प्रदर्शन सुरु भएको २० मिनेटमै प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको वडाअध्यक्ष राजकरण महतोले बताए। ‘बाँके खोलाको भंगालोमा डुबेर मृत्यु भएका १२ वर्षीय बालकको परिवारलाई उचित क्षतिपूर्ति र अवैध उत्खनन् बन्द गर्नुपर्ने भन्दै स्थानीयले नगरपालिकासँग गुहार लगायो,’ उनले भने,‘तर नगरपालिकाले सुनवाइ नगरेपछि हामी बालकको शव बोकरे राजमार्ग पुग्यौं।

त्यहाँ पुगेको २० मिनेटपछि प्रहरीले गोली चलायो।’ प्रहरीले ताकेर टाउकोमा गोली चलाएको स्थानीयको आरोप छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।