सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ : एमाले संसदीय दलको नेताबाट शेरधनको राजीनामा, आचार्य सर्वसम्मत चुनिए

प्रदेश १ : एमाले संसदीय दलको नेताबाट शेरधनको राजीनामा, आचार्य सर्वसम्मत चुनिए

नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८
National life
Shivam cement

विराटनगर– नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। संसदीय दलका नेता शेरधन राईले राजीनामा दिएपछि आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन्। 

माधवकुमार नेपालको साथ छाडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउन राईले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्। आजै राईले मुख्यमन्त्रीबाट पनि राजीनामा दिने र आचार्य मुख्यमन्त्री नियुक्त हुने तयारी छ।

नेपाल समूहबाट गुट परिवर्तन गर्दै आचार्य ओली समूहमा गएपछि एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए। माधव नेपाल समूहमा रहेका आचार्य संसदीय दलको निर्वाचनमा शेरधन राईसँग दुई मत अन्तरले पराजित भएका थिए।
मुख्यमन्त्री भएपछि आचार्यले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ। प्रदेश १ मा एमालेका ५१ जना सांसद छन्। समाजवादीले आफ्नो पक्षमा १२ जना रहेको बताएको छ। कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सांसद छन्। 

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा एमाले केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद राजेन्द्रकुमार राई र राजन राईले बिहीबार सनाखतमा हस्ताक्षर गरेका छन्। 

प्रकाशित: Aug 26, 2021| 11:35 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।