बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस–राजपाको यस्तो गठबन्धन : यी एजेण्डामा भयो सहमति

कांग्रेस–राजपाको यस्तो गठबन्धन : यी एजेण्डामा भयो सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच केही विषयमा संयुक्त रुपमा अगाडि बढ्ने सहमति भएको छ। सहमति अनुसार कांग्रेस र राजपाले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको हो।

गत विहीबार कांग्रेस र राजपा नेताहरुबीच भएको अनौपचारिक छलफल तथा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र राजपाका नेताहरुबीच भएको वार्तापछि सहमति संयुक्त रुपमा अगाडि बढ्ने निष्कर्ष निकालिएको हो।

शनिबार बुढा निलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा मुख्य तीन वटा विषयमा छलफल भएको थियो।

सर्लाहीमा भएको दुईवटा हत्याका घटनामा संयुक्त रुपमा अगाडि बढ्ने सहमति भएको हो। कांग्रेसले विप्लवका नेता कुमार पौडेलको घटनालाई मुख्य रुपमा अगाडि बढाउने छ भने राजपाले सरोज नारायण सिंहको हत्याको घटनालाई अगाडि बढाउनेछ।

यी दुबै हत्याका घटनामा संसदीय छानविन समिति बनाउन कांग्रेस–राजपाले पहल गर्नेछ। जसका लागि दुबै दलले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ।
 
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा ल्याएका विधेयकहरुको संयुक्त रुपमा विरोध गर्ने सहमति भएको छ। मानव अधिकार आयोगको अधिकार कटौती गर्ने गरी आएको मानव अधिकार आयोग सम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा परिषद्लगायतका विधेयकहरुको संयुक्त रुपमा विरोध गर्ने सहमति भएको राजपा अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले नेपाल समयलाई बताए।

कांग्रेस र राजपाबीच भएको सहमति अनुसार तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले मधेश–थरुहट आन्दोलनका घटनाको छानविन गर्न पूर्वन्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वमा बनाएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिनेछ।

विगत केही महिनादेखि राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। उक्त प्रतिवेदन सार्वजनिक गर्न सभामुख कृष्णबहादुर महराले सरकारलाई तीन पटकसम्म रुलिङ्ग गरिसकेको छ। तर, सरकारले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन।

राष्ट्रिय राजनीतिका अन्य एजेण्डाहरुमा थप छलफल गरी अगाडि बढ्ने निष्कर्षमा कांग्रेस र राजपा पुगेको बैठकमा सहभागी राजपाका नेता राजकिशोर यादवले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।