काठमाडौं- फोब्र्स म्यागेजिनले वर्षभरीमा विश्वका सबैभन्दा धेरै कमाई गर्ने एक सय सेलिब्रेटी (चर्चित व्यक्ति) को नाम सार्वजनिक गरेको छ।
उक्त लिस्टमा धेरैजसो फुटबलर परेका छन् भने संगीत तथा चलचित्र क्षेत्रका सेलिब्रेटीहरु पनि धेरै समेटिएका छन्।
कमाई धेरै गर्ने लिस्टको पहिलो नम्बरमा भने गायिका नै परेकी छन्।
अमेरिकी गायीका टेलर स्वीफ्ट वर्षमा १२ सय ६३ करोड डलर कमाई गरेर पहिलो नम्बरमा परेकी छन्।
त्यस्ते दोस्रो नम्बरमा अमेरिकी बिजनेश वुमन काइली जेनर वर्षमा सबै भन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको दोस्रो नम्बरमा परेकी छन्। उनले एक वर्षमा ११ सय ६१ करोड डलर कमाई गरेकी छन्।
त्यस्तै तेस्रो नम्बरमा पनि म्यजिसियन नै परेका छन्। अमेरिकाका कान्ये वेस्टले १ हजार २४ करोड डलर कमाई गरेका छन्।
चौथो नम्बरमा भने बार्सिलोनाका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी परेका छन्। उनले यो वर्षमा ८६७ करोड डलर कमाई गरेका छन्।
त्यस्तै बेलायती गायक एड सिरिनले यो वर्ष ७५१ करोड डलर कमाई गर्दै पाँचौ स्थानमा परेका छन्।
छैटौं स्थानमा रहेका पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले एक वर्षमा ७४४ करोड डलर कमाई गरेका छन्।
सातौं नम्बरमा रहेका ब्रजिलियन फुटबल स्टार नेयमारले एक वर्षमा ७१७ करोड डलर कमाई गरेका छन्।
त्यस्तै आठौं स्थानमा रहेका म्युजिशियन द इगल्सको यो वर्षको कमाई ६८३ करोड डलर रहेको छ भने नबौं स्थानमा रहेका अमेरिकी टिभी सेलिब्रेटी डा. फिल म्याकग्राको कमाई ६४९ करोड डलर रहेको छ।
दशौं स्थानमा अमेरिकी बक्सर केनेलो अलवरेज परेका छन्। उनको यो वर्षको कमाई ६४२ करोड अमेरिकी डलर रहेको छ।
एक वर्षमा सर्वाधिक कमाई गर्ने १०० सेलिब्रेटीको लिस्ट यहाँ छ,
क्लिक गर्नुहोस् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४