काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वले केपी–पिके सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको आरोप लगाएको छ। बुधबार भोजपुरमा भएको घटनामा आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्दै विप्लवले समूहले यस्तो आरोप लगाएको हो।
विप्लव समूहले प्रतिरोध गर्ने क्रममा पार्टीका सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी कमरेड निरकुमार राई ‘प्रशान्त’ को ज्यान गएको बताएको छ। 'भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्कने क्रममा जम्काभेट हुँदा कमरेड तिर्थराजका हत्यारा प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार कमरेड प्रशान्तको शाहदत भएको छ।’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४