बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चलचित्र निर्माता ओझा र नायिका शिल्पाबीच भयो यस्तो सहमति

चलचित्र निर्माता ओझा र नायिका शिल्पाबीच भयो यस्तो सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - चलचित्र निर्माता छवीराव ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन्। 

नायिक पोखरेलले श्रीमान्‌बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकाले बिहीबार काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए।

सहमतिपछि परिसरमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नायिका पोखरेलले भनिन्, “मलाई जे पर्‍यो त्यो मैले भोगेँ, यदी कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु।” पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताइन्। 

छलफलपछि पत्रकारसँग कुरा गर्दै चलचित्र निर्माता ओझाले सामान्य घर झगडामा प्रहरीमा आउनुपर्ने खालको कारण नभएको तर यसमा मेलमिलाप भइसकेको जानकारी दिए। 

‘लज्जा’ चलचित्रबाट शिल्पालाई ओझाले नै चलचित्रको नायिकामा डेब्यु गराएका थिए। अभिनेत्री रेखा थापासँग डिभोर्सपछि ओझाले शिल्पासँग विवाह गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।