काठमाडौं- सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन् ।
मन्त्रीपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले सो घटनामा घाइते भएकाहरुको उपचारको पनि व्यवस्था पनि सरकारले गर्ने बताए ।
केही दिनअघि सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा बालुवा-गिटी निकाल्न बनेको खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता ईश्वरपुर नगरपालिका-११, गौरीशंकरका ११ वर्षीय अमित राय आइतबार बिहान मृत फेला परेका थिए ।
बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयको आन्दोलनमा भएको भिडन्तमा प्रहरीले चलाएको गोली लागेर गौरीशंकरका २८ वर्षीय सरोजनारायण महतोको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४