बुधबार, साउन २७, २०८३

विषादी प्रकरण : ओलीलाई झूटो बोल्न कसले बाध्य बनायो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिषादी प्रकरणमा भारतीय पत्रबारे आफुलाई झुट बोल्न लगाएको बताएका छन् । कसले झुट बोल्न लगायो भने विषयमा भने केही खुलाएनन् ।
 
उनले नाका नाकामा  परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले यस बिषयमा आफुले  सोधीखोजी गरिरहेको बताए । 

बिहीबार राजधानीमा आयोजित  ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले विषादी परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे भने, ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी भएन, दिइएन ।’ प्रधानमन्त्री ओलीले  थाहा नभएको कुरामा पत्र आएको छ भनेर भन्‍न नसक्ने भन्दै पत्रबारे थाहा नभएपछि आफूले सत्य कुरा गर्दा पनि ‘झूट’ भएको बताए । 

‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु’, प्रधानमन्त्री ओलीको भनाई छ ।भारतीय दूतावासले पत्र नै पठाएर नाकामा विषादी परीक्षण गर्ने निर्णयवाट सरकार पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै ‘कहाँ छ पत्र ? कसले पठायो पत्र ?’ भन्दै प्रतिवाद गरेका थिए प्रधानमन्त्री यस्तो बताएको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो । भारतीय दूतावासले परराष्ट्रमन्त्रालय हुँदै उक्त पत्र बाणिजय मन्त्रालयमा पठाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।