बुधबार, साउन २७, २०८३

प्रदेश २ मा छानबिन गर्न अख्तियारसँग कांग्रेसको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जमकपुरधाम– नेपाली कांग्रेसले प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको भन्दै छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेको छ। 

असारे विकासका नाममा प्रदेश सरकारका मन्त्रीहरू आर्थिक अनियमिततामा लिप्त रहेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले छानबिन गर्न अख्तियारसँग माग गरेका छन्।

'पछिल्लो ११ महिनामा पाँच अर्ब खर्च गरेको प्रदेश सरकारले २३ दिनमा साढे चार अर्ब खर्चेको छ,' प्रेस युनियन धनुषाले बिहीबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले भने, 'कागजमै विकास निर्माण गरिरहेको सरकारको आर्थिक गतिविधि अख्तियारबाट छानबिन हुनुपर्दछ।'

तत्कालीन जिल्ला विकास समितिको ढाँचामा प्रदेश सरकार अगाडि बढिरहेको भन्दै उनले कसले बढी अनियमितता गर्ने भनेर मन्त्रीहरुबीच प्रतिस्पर्धा भइरहेको आरोप लगाए। भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले प्रदेशलाई बदनाम गरेको उनको जिकिर थियो। 

अधिकार रहे पनि सिँचाइ, खानेपानी, स्वास्थ्यलगायत क्षेत्रमा अधिकार रहे पनि प्रदेश सरकारले केही गर्न नसकेको भन्दै नेता यादवले भिजनबिनाको सरकारले कुनै ठोस काम गरेको भए देखाउन चुनौती दिए। कार्यकर्ता पोस्न उद्यत सरकारले आफ्नो १७ महिनाको कार्यकालमा २ किलोमिटर सडकसम्म पक्की गर्न नसकेको उनको आरोप थियो। 

ुप्रदेश सरकारको मन्त्रीले आफ्नै छोरा मेयर रहेको नगरपालिकामा रकमान्तर गरेर पैसा विनियोजन गर्नुले पनि सरकार भ्ष्टाचारमा डुबेको पुष्टि हुन्छु, यादवको भनाइ थियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।