बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै भारी वर्षा हुने : हवाई तथा सडक यातायात अवरुद्ध हुने चेतावनी

अझै भारी वर्षा हुने : हवाई तथा सडक यातायात अवरुद्ध हुने चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- २/३ दिन यता लगातार परिरहेको वर्षा अझै दुई दिन पर्ने भएको छ । बिहीबार र शुक्रबार अझै भारी वर्षा हुने मौसमविद्हरुले जनाएका छन् । 

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले मध्य र पूर्वका केही तथा पश्चिमको धेरैजसो ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् समिर श्रेष्ठले मनसुन सक्रिय भएकाले अबको तीन दिन देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने र केही ठाउँमा भारी वर्षा हुने संभावना रहेको जानकारी दिए ।  उनका अनुसार बिहीबार र शुक्रबार अझै धेरै पानी पर्ने छ ।

लगातारको वर्षासँगै बाढी र पहिरो जोखिम उच्च भएको भन्दै पूर्वतयारी गर्न र  सतर्कता अपनाउन मौसमविद्हरुले अपिल गरेका छन् । आज चुरे क्षेत्रका खोलामा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०/३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने महाशाखाले जनाएको छ । 

चुरे क्षेत्रसँगै बिहीबार बेलुकीपछि पूर्वी क्षेत्रमा कन्काई, कोशी, कमला, बागमती नदिमा खतराको तहभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ ।

भारी वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्क रहन अपिल गरेको छ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएकाे छ- देशभर मनसुनी वर्षा जारी रहने देखिन्छ। साथै देशको पश्चिमि भेगका एक/दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।