बिहीबार, भदौ ४, २०८३

लगातारको वर्षासँगै आधा दर्जन नदीमा बाढी

विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

महोत्तरी- विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ। बुधबार बिहानदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाका रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन्। 

अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन्। नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जन बढी गाउँका बासिन्दा त्रसित भएका छन्। उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन्।

वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्य नजर गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन्। विभिन्न नदीमा आएको बाढीको खबरले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) विभिन्न जिम्मेवार निकाय पनि उच्चरुपमा सतर्क भएको जनाइएको छ। -रासस


प्रकाशित: Aug 26, 2021| 09:25 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।