शुक्रबार, जेठ १, २०८३

अक्षयलाई रिप्लेस गर्दै आर्यन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – बलिउडमा हरर्र कमेडी विधाको फिल्म बन्ने क्रम बढ्दो छ। श्रद्धा कपुर र राजकुमार राव अभिनित हरर्र कमेडी फिल्म ‘स्त्री’ को सफलतापछि निर्माता तथा निर्देशकहरू अझ हौसिएका छन्।

तर, यसअघि पनि हरर्र कमेडी फिल्म नबनेका वा नचलेका होइनन्। सन् २००७ मा रिलिज भएको अक्षय कुमार अभिनित फिल्म ‘भुलभुलैया’ ले पनि राम्रो छाप छोडेको थियो। उक्त फिल्ममा अक्षय कुमार प्रमुख भुमिकामा रहेका छन्।

यसै फिल्मको अब सिक्वेल बन्ने भएको छ। तर, भुलभुलैयाको सिक्वेलमा भने अक्षय कुमारलाई देख्न पाइने छैन।

यस फिल्मको लागि प्रमुख अभिनेता भने अक्षय कुमार नभई कार्तिक आर्यन हुने भएका छन्। आर्यन फिल्ममा डाक्टरको रूपमा देखिनेछन। यद्यपि हालसम्म फिल्मबारे आधिकारिक जानकारी दिइएको छैन। दैनिक भास्कारमा उल्लेख भए अनुसार, फिल्मको हाल स्क्रिप्टिङको  काम भइरहेको छ। 

फिल्ममा विशेष भूमिकामा आयुस्मान खुराना पनि देखिने भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्