शुक्रबार, जेठ १, २०८३

सामाजिक कथामा आधारित ‘शर्ट फिल्म’ रुचाईँदै (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- कलाकार विजयी तिखातरीले निर्माण गरेको सामाजिक कथामा आधारित शर्ट फिल्म रुचाइएको छ। रञ्जुला फिल्म्सको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको ‘एकैछिन भाउजु’ नामक शर्ट फिल्मले दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ।

ग्रामिण क्षेत्रका आर्थिक समस्या र ती समस्या समाधानका लागि विदेशको यात्रामा जानुपर्ने बाध्यतालाई कथामा समावेश गरिएको छ। त्यतिमात्र नभई समाजमा मानिसलाई आर्थिक प्रलोभनमा पारेर गरिने निच हर्कतहरुलाई पनि कथामा उतार्ने प्रयास गरिएको छ।

समाजको यथार्थ चित्रण गरी निर्माण गरिएको फिल्ममा सकेसम्म विदेश नजाउँ भन्ने सामाजिक सन्देश समेटिएको छ। धेरै नेपाली युवाहरु रोजगारीका लागि विदेशीने, आफ्नै देश र आफ्नै गाउँमा रहेका सम्भावनाहरुको पहिचान नगर्ने जस्ता कारणले आफ्नो परिवार र समग्र भविष्य नै विग्रँदै गएको सन्देश फिल्ममा दिन खोजिएको छ।

कलाकार विजयकै लेखन, निर्देशन र सम्पादनमा तयारी भएको फिल्ममा राज गिरी, द्वारिका मल्ल, राजकिरण सोनम, शिवराज शोप, देव बहादुर आउजी, करण जोग्लेटर, गनेश नेपाली, समीर घिमिरे, भिम पार्की, रमेश श्रीमाल, अर्जुन नागरी, जीवन श्रेष्ठ तथा टीका पार्कीको अभिनय रहेको छ। फिल्ममा सम्राट आउजीको द्वन्द्व छ।

शाहिल चौधरी र मनोज चौधरीले छायांकन गरेको फिल्ममा विशाल निरौलाले म्युजिक एरेन्ज गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्