बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मध्यमार्गी एमालेमै खुल्दा लुम्बिनीमा माधव नेपाललाई क्षति

मध्यमार्गी बनेर पार्टी एकताका पक्षमा लागेका लुम्बिनीका नेताहरू अन्तत: ओली नेतृत्वको नेकपा एमालेमा खुलेपछि माधव नेपालको नयाँ पार्टीलाई केही क्षति हुने देखिएको छ।
 |  बिहीबार, भदौ १०, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

बिहीबार, भदौ १०, २०७८

बुटवल- मध्यमार्गी बनेर पार्टी एकताका पक्षमा लागेका लुम्बिनीका नेताहरू अन्तत: ओली नेतृत्वको नेकपा एमालेमा खुलेपछि माधव नेपालको नयाँ पार्टीलाई केही क्षति हुने देखिएको छ। धेरैजसो दोस्रो पुस्तामा लागेका नेताहरू लुम्बिनीबाटै प्रतिनिधित्व गर्ने रहेका थिए। तर, उनीहरू केपी शर्मा ओली नेतृत्वकै एमालेमा खुलेपछि नव गठित नेकपा (एकीकृत समाजवादी) पक्षलाई केही घाटा हुने भएको हो।

triton college

त्यसै पनि ओली पक्षको पकड रहेको लुम्बिनीमा मध्यमार्गी धारका नेताहरू एमालेमै रहदा नेपाल पक्षमा खुल्न नसकेका नेताहरू भने अब खुल्ने भएका छन्। माधव नेपाललाई साथ दिएका नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोम प्रसाद पाण्डे तटस्थ बस्दा तल्लो तहका नेतासमेत खुल्न सकेका थिएनन्। तर, बुधबार निर्वाचन आयोगमा ५६ जना नेताहरूले सनाखत गरेपछि भने नेपाल पक्षमा लागेका अधिकांश नेताहरू नयाँ पार्टीमै खुल्ने दाबी गरिएको छ।

अन्तरसंघर्षकै बेला नेकपा एमाले रुपन्देही समानान्तर कमिटी गठन भएको थियो। रुपन्देहीमा नेता घनश्याम भुसाल एमालेमै फर्किएकाले केही स्थानीय स्तरमा प्रभाव भने पार्ने देखिन्छ। तर, समानन्तर कमिटीका अध्यक्ष तथा नेपाल पक्षको नयाँ पार्टीमा खुलेका नेता राजु गुरुङले मध्यमार्गी बनेर एमाले फर्किएका नेताका कारण खासै असर नपरेको दाबी गरेका छन्।

नेताहरू मेटमणि चौधरी, डा. विजयकुमार पौडेल, रामकुमारी झाक्री, भागवत नेपाली र प्रमेशकुमार हमालले नयाँ पार्टीमा सनाखत गरेका हुन्।

‘घनश्याम भुसालका कारण ५ प्रतिशत कार्यकर्ता प्रभावित हुन्छन्, ५ प्रतिशत तटस्थ बस्छु भनेका छन्,’ उनले भने, ‘बाँकी ९० प्रतिशत नेकपा एकिकृत समाजवादीमै बस्छन्।’ तल्लो तहमा यसअघि नै नेपाल पक्षमा खुलेकाहरू नयाँ पार्टीमै लाग्ने उनको दाबी छ। नयाँ पार्टीमा लुम्बिनी प्रदेशबाट  ६ जना केन्द्रीय नेताहरूले खनाखत गरेका छन्।

नेताहरू मेटमणि चौधरी, डा. विजयकुमार पौडेल, रामकुमारी झाक्री, भागवत नेपाली र प्रमेशकुमार हमालले नयाँ पार्टीमा सनाखत गरेका हुन्। नेता सोमप्रसाद पाण्डेले सनाखत गरे पनि प्रमाणित भने भइसकेको छैन। लुम्बिनीका ओलीविरुद्ध निरन्तर खनिने नेताहरू नै एमालेमा फर्किएकाले नेपाल पक्षको शक्ति भने कमजोर बनेको छ।

Metro Mart
vianet

एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट एमालेमै बसेकाले लुम्बिनीमा ओली पक्ष बलियो बनेको छ। लुम्बिनीमा सूर्य चिन्हको मोहले नै दोस्रो पुस्ता भनिएका नेताहरू एमालेमै फकिएको नेताहरूले बताउने गरेका छन्। 

गुल्मीमा गोकर्ण विष्टका कारण एमालेमै धेरै नेताहरू अडिन सक्ने अनुमान गरिएको छ। पाल्पाका सोमप्रसाद पाण्डे अन्तिममा नेपालको नयाँ पार्टीमा खुलेकाले नेपाल पक्षमा केही नेताहरू बस्ने आंकल गरिएको छ। लुम्बिनीका प्रदेशसभा सदस्य भने अहिले कतै खुलेका छैनन्।

प्रकाशित: Aug 26, 2021| 07:30 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।