बुधबार, मंसिर ३, २०८२

‘सेक्रेट सुपरस्टार’ जायरालाई बिग बोसको अफर    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
‘सेक्रेट सुपरस्टार’बाट एकाएक चर्चामा आएकी जायरा वसीम अहिल्लो केही दिन बलिउडको ‘टक अफ टाउनमा’ मा परेकी  थिइन्।

उनले आफ्नो धर्मको कारण बलिउड छोड्न लागेको बताएकी थिइन्। गत जुन ३० मा, ५ पेज लामो कारण सामाजिक संजालमा उल्लेख गर्दै बलिउड छाड्ने निर्णय गरेकी थिइन्।

उनको यो कदमको कतिले सम्मान गरे त कतिले आलोचना पनि। यसै विवादतको बीचमा जायरालाई बिग बोस-१३ बाट अफर आएको छ।

बिग बोसबाट आएको यस्तो प्रस्तावमा उनले अहिलेसम्म्म केही प्रतिक्रिया दिएकी छैनन्।

बिग बोसले यस्तै विवादमा रहेको कलाकारहरूलाई टार्गेट गर्नेगर्छ। हाल उनी विवादस्पद छिन्।

बलिउड छाडेसँगै उनको पनि महत्वपूर्ण  भुमिका रहेको फिल्म ‘स्काई इज पिंक’ को प्रचारमा सामेल नहुने दैनिक भास्करमा उल्लेख छ।

‘स्काई इज पिंक’ मा, फरहान अख्तर र प्रिंयका चोपडाको प्रमुख भुमिका रहेको यस फिल्म चाँडै नै रिलिज हुँदैछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्