बिहीबार, साउन २८, २०८३

व्यथिति सुधार्दै विमानस्थल प्रहरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता, तस्करी तथा कर्मचारीको अशिष्ट व्यवहारको आलोचना भैरहेका बेला विमानस्थलको सुरक्षाको जिम्मा लिएको महानगरीय विमानस्थल प्रहरी कार्यालयले सुधारका काम अगाडि बढाएको छ ।

विमानस्थल प्रहरीले विदेशी पर्यटकलाई सहज संवादको लागि अंग्रेजी भाषा र शिष्ट व्यवहार प्रदान गर्न प्रशिक्षण सम्पन्न गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतका प्रहरी कर्मचारीहरुलाई यस्तो प्रशिक्षण दिइएको छ ।

प्रशिक्षण गत सोमबार सुरु भई शुक्रबार सम्पन्न भएको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले नेपाल आउने पर्यटकलाई सहज सम्वाद गर्न अंग्रेजी भाषाको तालिम तथा शिष्ट व्यवहार गर्ने उदेश्यले प्रशिक्षणको कार्यक्रम राखिएको जानकारी दिए ।

अंग्रेजी भाषा ज्ञानको अभावमा विमानस्थल हुँदै नेपाल भित्रिने पर्यटकले समस्या भोग्दै आएका छन् ।

सभ्य, शिष्ट र नम्र व्यवहार गरी यात्रु सेवामैत्री बनाई स्मार्ट प्रहरीको रुपमा छबि उच्च राख्ने उदेश्यले प्रशिक्षण सञ्चालन गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

एसएसपी भण्डारीले प्रहरी कर्मचारीहरुलाई ईमान्दार, अनुशासित, व्यवसायिक भई सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न प्रशिणमा सहभागी प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।