बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनवादी गायक जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

जनवादी गायक जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

गत मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई बल्खुस्थित वयोधा अस्पताल भर्ना गरिएको थियो। उनलाई ‘स्ट्रोक’ भएको चिकित्सकले बताएको उनको परिवारले उल्लेख गरेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- जनवादी गायक जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले टुहुरेको उपचार गर्च सरकारले व्यहोर्ने निर्णय भएको जानकारी दिएको हो। 

गतमंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई बल्खुस्थित वयोधा अस्पताल भर्ना गरिएको थियो। उनलाई ‘स्ट्रोक’ भएको चिकित्सकले बताएको उनको परिवारले उल्लेख गरेको छ। 

७६ वर्षीय टुहुरेले १५० भन्दा बढी गीत रेकर्ड गराएका छन्। वास्तविक नाम जुठबहादुर खड्गी भएका धरानका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद बनेका थिए। 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने भएकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन्। उनले टुहुरेको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन्। 

प्रकाशित: Aug 25, 2021| 20:50 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।