बुधबार, मंसिर ३, २०८२

तीन वर्षदेखि बेपत्ता पति टिक-टकमा भेटिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- एक महिलाले आफ्नो बेपत्ता पतिलाई टिकटकमार्फत् फेला पारेकी छन्। तीन वर्षदेखि बेपत्ता रहेका पति ती भारतीय महिलाले मनोरञ्जनात्मक मोबाइल एप टिकटकमार्फत् भेटिएका हुन्।

प्रहरीका अनुसार ती व्यक्ति सन् २०१६ मा घर छोडेर भागेका थिए। त्यसपछि उनी एक ट्रान्सजेन्डर महिला (विपरित लिंगीको हाउभाउ गर्ने व्यक्ति) सँग सम्बन्धमा रहेका थिए।

पतिलाई लामो समयदेखि खोजी गरिरहेकी महिलाले आफ्ना पति एक ट्रान्सजेण्डर महिलासँग टिकटक भिडियोमा देखिन्। त्यसपछि उनले प्रहरीलाई आफ्नो पति भिडियोमा देखिएको भन्दै खोजिदिन आग्रह गरिन्।

प्रहरीले खोजी गरिदियो र सँगै बस्नका लागि ती पुरुषलाई पनि परामर्श दियो। त्यसपछि उनीहरु अहिले संगै रहेका छन्।

सुरेश नाम गरेका पुरुष तमिलनाडको दक्षिण सहर होसुरमा भेटिएका छन्। उनकी श्रीमति त्यसको करिब २०० किलो मिटर टाढाको विलुप्पुरम जिल्लामा बस्थिन्।

प्रहरीले ट्रान्सजेण्डरका विषयमा काम गर्ने एक संस्थासँग सोधपुछ गरी सुरेशसँग रहेकी महिलाको बारेमा जानकारी लिएको थियो। त्यसपछि खोजी सजिलो भएको थियो।

आफ्नो पति हराएपछि ती महिलाले पहिले नै प्रहरीमा खोजीका लागि उजुरी दिए पनि प्रहरीले भेट्टाउन सकेको थिएन।

टिकटक भिडियोहरु शेयर गर्ने एउटा भिडियो प्ल्याटफर्म हो। जसमा कुनै पनि व्यक्तिले आफ्नो अकाउन्ट क्रियट गरेर भिडियोहरु निर्माण तथा शेयर गर्न सक्छन्।
हाल टिकटकका प्रयोगकर्ता करिब एक अर्बभन्दा बढी रहेका छन्।

तमिलनाडुमा टिकटकको प्रयोग अत्यधिक बढेपछि त्यहाँको अदालतले टिकटक बन्द गर्न आदेश दिएको थियो। तर त्यसको एक हप्तामै फैसला उल्टिएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्