मंगलबार, साउन २६, २०८३

रमाईलोमा छेपारो खाँदा गयो ज्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- रमाइलोमा गरिने कतिपय क्रियाकलाप कहिलेकाही खतरनाक हुन जान्छन्। सानोतिनो, हल्का रमाइलो र ठट्यौलीमा हुने यस्ता क्रियाकलापले अकल्पनीय परिणाम ल्याउने गर्छ। यस्तै एक घटना अष्टे«लियाको बिर्सबेनमा भएको छ। 

बिर्सबेनका स्थानीय ३४ वर्षका डेभिड डोवेलको यस्तै रमाइलो गर्ने क्रममा आफ्नो ज्यान नै गुमाउन पुगेका छन्। एक पार्टीमा ‘ट्रुथ अर डेयर’ अर्थात् ‘सत्य वा शक्ति’ खेलमा उनले ‘डेयर’ रोजेका थिए।

‘डेयर’ अनुसार डेभिडलाई पार्टीमा छेपारो खान च्यालेज गरेका थियो। उनले उक्त छेपारो खाएर चुनौती त पुरा गरे तर, त्यसपछि उनी बिरामी हुन थाले। 

त्यसको असर उनमा विस्तारै देखिन थाल्यो। डाक्टरका अनुसार, उनलाई ‘सालमोनिला इन्फेक्सन’ भएको थियो। 

सालमोनिला इन्फेक्सनको कारण दिनौँसम्म झाडापखाला लाग्ने, पेट दुख्ने, ज्वरो आउने गर्छ। डेभिड डोवेलको फोक्सोमा पानी जस्तो तरल पदार्थ जम्न थालेको थियो भने उनको पेटबाट पानी जस्तै तरल पदार्थ निस्कन थालेको थियो। 

चिकित्सकहरुले उनलाई छेपारो सेवनको असर देखा परेको बताए। १० दिनको उपचारपछि, डेभिडको मृत्यु भएको थियो।

डेभिडकी पत्नी अरलिराका अनुसार, यही नै कारणले मृत्यु भएको भन्ने कारण थाहा भएको छैन। तर, सालमोनिया इन्फेन्सन नै कारण हुन सक्ने अनुमान डाक्टरहरूको रहेको मिरर अनलाइनमा उल्लेख रहेको छ। 

अरलिराले यस कारणले मानिसहरूबाट नकारात्मक टिप्पणी सुन्न नपरोस् पनि भनेकी छन्। यसका साथै, अरलिराले यस प्रकारको खेल नखेल्न पनि सबैलाई आग्रह गरेकी छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।