बिहीबार, भदौ ४, २०८३

४ दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मंगलबार मकैबारीमा भेटिएको हो।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

कालीकोट- घरबाट सम्पर्कविहीन रहेको ४ दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मंगलबार मकैबारीमा भेटिएको हो।

विकको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। 

उनका अनुसार शुक्रबारदेखि हराएकी निरु मङ्गलबार दिउँसो घर नजिकैको मकैबारीमा मृतावस्थामा भेटिएकी थिइन्। प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदरमुकाम मान्माबाट गएको प्रहरी टोलीले स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पुर्‍याइएको छ। 

'रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन,' उनले भने, 'घटना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।' 

प्रकाशित: Aug 25, 2021| 20:27 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।