आइतबार, फागुन १७, २०८२

किआरा मेरो प्रेमिका होइनन् : सिदार्थ मलहोत्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

kumari
एजेन्सी- बलिउडमा कलाकारमा को-स्टारबीच अफयर खासै नौलो विषय होइन।

यस्तै, हल्लामा नाम जोडिएका कलाकार हुन्, सिदार्थ मलहोत्रा र किआरा आडवाणी। उनीहरू हाल, शेरशाह नामक फिल्मको लागि व्यस्त रहेका छन्। सोही क्रममा उनीहरूको प्रेम सम्बन्धको हल्ला फैलिएको थियो। 

लामो समयदेखि चलिरहेको यो चर्चामा हालै आएर यी दुईले आफ्नौ मौनता तोडेका छन्। सिदार्थ मलहोत्राले यो अफवाह मात्र फैलिएको बताएका छन्।

सिद्धार्थका अनुसार, किआरा एक असल साथी र सहकर्मी मात्र रहेको दैनिक भास्करमा उल्लेख छ। यद्यपी, किआराले एक अन्तर्वार्तामा सिद्धार्थ प्रेमी हुनको लागि योग्य रहेको बताएकी छन्।

किआरा अभिनित ‘कबिर सिंह’ ब्लक बस्टर भएको छ। उनले कामको तारिफ पनि पाएकी  छन्। सिद्धार्थ र परिणितीको ‘जबरिया जोडी’ फिल्म रिलिजको तरखरमा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्