शुक्रबार, जेठ १, २०८३

एक्सनले भरिपूर्ण सुर्यवंशी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - रोहित सेट्टी र अक्षय कुमारको फिल्म सुर्यवंशी बन्ने घोषणा देखि नै फ्यानहरू निकै उत्साहित छन्। उनीहरुको उत्साहको कारण हो, फिल्ममा समेटिएका स्टन्टहरु।

एक्सन केन्द्रित फिल्म बनाउन माहिर रोहित सेट्टी र फिल्ममा स्टन्ट आफैं गर्न रूचाउने अभिनेता अक्षय कुमारको फिल्म यतिखेर वहुप्रतिक्षित बनेको छ। उनीहरूले आफ्ना दर्शकलाई गतिलो स्टन्ट दिने बताएका छन्।

जानकारीअनुसार फिल्ममा निकै खतरनाक एक्सनहरु समावेश गरिएका छन्। यसैमध्ये फिल्ममा रहेको एक स्टन्ट अहिले चर्चामा आएको छ।
 
के छ उक्त स्टन्ट मा ?

अभिनेता अक्षय कुमार एक्सन गर्न रुचाउने अभिनेता हुन्। उनी आफ्नो नसानसामा एक्सन रहेको बताउँछन्।

चर्चामा आएको दृष्यमा अक्षय एक हातले हेलिकप्टरमा झुन्डिएका छन्। उक्त हेलिकप्टरको  दृश्यका लागि उनी दुई महिनादेखि तयारी गर्दै आएका थिए। 

उक्त दृष्यका लागि उच्च सुरक्षा सर्तकता अपनाइएको थियो। यसका लागि अुनभवी पाइलट तथा स्पेशल ट्रेनिङ समूह थिए। यसका लागि रोहित सेट्टी आफैले पनि स्टन्ट गरेका छन्।
 
स्टन्टमा गुडिरहेको बाइकबाट उडिरहेको हेलिकप्टरमा एक हातले झुन्डिएर अपराधीलाई पछ्याउनु पर्ने दृष्य देख्न सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्