बिहीबार, साउन २८, २०८३

आर्थिक विधेयकविरुद्ध आन्दोलनमा जाने बारको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – नेपाल बार एशोसिएसन जनकपुरले सरकारले ल्याएको आर्थिक विधेयकको विरोध गरेको छ। विद्यमान आर्थिक विधेयकमार्फत सबै कानुन व्यवसायीलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि करको दायरामा ल्याउने व्यवस्थाको बारले विरोध गरेको हो।

सबै कानुन व्यसायीहलाई मूल्य अभिवृद्धि करको दायरामा ल्याउने प्रावधान आपत्तिजनक रहेको ठहर गर्दै बारले अनिवार्यको व्यवस्था हटाउन माग गरेको छ। साथै कानुन व्यवसायीहरुले २५ अषाढभित्र आवश्यक संशोधन गर्न सरकारलाई समयसीमासमेत दिएको छ।

बार एशोसियसन जनकपुरको मंगलबार बसेको विस्तारित बैठकले आफूहरुको माग सम्बोधन नभए आन्दोलनमा जाने निर्णय गरेको सचिव विपिनकुमार झाले जानकारी दिएका छन्।

‘सबै कानुन व्यवसायीलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि करको दायरामा ल्याउने निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ सचिव झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कदाचित आवश्यक संशोधन नभए व्यवसायिक हकहितप्रति सचेत रहँदै चरणवद्ध आन्दोलनमा जान बाध्य हुने छौं । र, आन्दोलनबाट पर्न जाने प्रतिकूल प्रभावको सम्पूर्ण जबाफदेहिता नेपाल सरकारको हुनेछ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।