शुक्रबार, जेठ १, २०८३

अर्जुन र मलाइका खुल्ला प्रेममा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- वलिउड नायक अर्जुन कपुर र नायिका मलाइका अरोराको प्रेम कहानी हाल बलिउडमा हट केक बनेको छ।

अमेरिकाको न्युयोर्कका एक साथ छुट्टी मनाइरहेका यी जोडीको प्रेम सामाजिक संजालमा पनि छताछुल्ल देखिन्छ। 

हालै अर्जुन कपुरले सेयर गरेको एक तस्विर सामाजिक संजालमा चर्चाको विषय बनेको छ। उनले आफ्नो र मलाइकाको कोलज बनाएर फोटो राखेका थिए। 

क्याप्सनमा उनले ‘सि ह्याज माइ हार्ट’ अर्थात् ‘मेरो मन उनीसँगै छ’ भनी लेखेका थिए। फोटोमा उनको ब्यागले अनुहार भने छोपेकी छन्। हाल उनको उक्त तस्विर भाइरल भइरहेको छ। 

मलाइकाले पनि सेयर गरेकी छन् फोटो 

मलायकाले पनि आफ्नो इन्स्टा अकाउन्टमार्फत् फोटो सेयर गरेकी छन्। जसमा अर्जुन कपुरले फोटो क्रेडिटको माग गरेका थिए।

मलाइका अरोराले अर्बाज खानसँग सन् २०१७ मा डिभोर्स गरेकी थिइन्। उनीहरूले १९ वर्षको लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए। १६ वर्षका अर्हान खान उनीहरूको एक मात्र सन्तान हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्