एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अंकतालिकाको शीर्ष स्थानमा रहेका कप्तानको प्रदर्शन उत्कृष्ट रहेको छ । अन्य कप्तानको पनि प्रदर्शन सन्तोस जनक रहेको छ ।
अष्ट्रेलिया, न्युजल्यान्ड, इंग्ल्यान्ड र भारतका कप्तानले स्कोर बनाएका छन् । प्रतियोगितामा सबै भन्दा बढी रन बनाउने ब्याट्सम्यानको लिस्टमा १० टिमका ३ कप्तानको नाम छ ।
कप्तानको चर्चा गर्दा विश्वकपमा धमाकेदार प्रदर्शन गरी रहेको साविकको विजता टोली अस्ट्रेलियका कप्तान अरोन फिन्च पलिहो स्थानमा छन् । उनले दुई शतक समेत प्रहार गरेका छन् । त्यस्तै न्युजल्यान्डका कप्तान केन विलियमसनले पनि दुई शतक प्रहार गरेका छन्। यता भारतका कप्तान विराट कोहलीले लगातार ४ अर्धशतक बनाएका छन् ।
अरोन पिन्च (अष्ट्रेलिया)
फिन्चले जारी विश्वकपमा ७ खेल खेल्दै ४९६ रन जोडेका छन् । विश्वकप भन्दा पहिले लएममा फर्किन संघर्षरत रहेका फिन्च विश्वकपमा भने लएमा फर्केका छन् । इंग्ल्यान्डविरुद्धको खेलमा फिन्चले शतक बनाएका थिए ।
त्यस्तै श्रीलंकाविरुद्धको खेलमा उनले १५३ रनको पारी खेलेका थिए । जारी विश्वकपमा फिन्च सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने भने पहिलो कप्तान हुन् ।
केन विलियमसन (न्युजल्यान्ड)
न्युजल्यान्डका कप्तान केन विलियमसन पनि यस प्रतियोगिताका राम्रै लएका देखीएका छन् । उनले पहिला दक्षिण अफ्रीकाविरुद्ध र त्यसपछि वेस्टइन्डिजविरुद्ध लगातार दुई शतक बजनाएका थिए ।
यी दुबै खेलमा न्युजल्यान्डले रोमाञ्चक जित निकालेको थियो । श्रीलंकाविरुद्धको खेलमा १०६ रन अविजित रहेका थिए भने वेस्टइन्डिजविरुद्ध १४८ रनको पारी खेलेका थिए । केनले ६ पारीमा ४१४ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने खलाडीको पाँचौ स्थानमा छन् ।
विराट कोहली (भारत)
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले हालसम्म ६ खेलमा ४ अर्धशतक बनाएका छन् । तर, उनले अहिलेसम्म शतकमा बदल्न सकेका छैनन् । कोहलीले पछिल्ला चार खेलमा लगातार ८२, ७७, ६७ र ७२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका छन् ।
उनले जारी विश्वकपमा ३१६ रन जोडेका छन् । यसै प्रतियोगितामा उनले सबै भन्दा छिटो एकदिवसीयमा ११ हजार र अन्तर्राष्ट्रिय २० हजार रन बनाउने खेलाडी समेत बने ।
इयोन मोर्गन (इंग्ल्यान्ड)
जारी विश्वकपमा इंग्ल्यान्डको सुरुवाती धमाकेदार प्रदर्शनमा कप्तान मोर्गनले शानदार शतक बनाएका थिए । अफगानिस्तानविरुद्ध मोर्गनले १७ छक्का प्रहार गर्दै १४८ रन जोडोका थिए । शानदार सुरुवात गरेका इंग्ल्यान्डका कप्तानले पछिल्लो केही खेलमा सोचे अनुासर प्रदर्शन गर्न नसके पनि उनी एक आशालाग्ला खेलाडी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४