शुक्रबार, जेठ १, २०८३

जाईरा फिल्मको गीतमा नम्रताको चुम्बन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- आगामी भदौ ६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जाईरा’को ‘आँखैले बोल्छ’ शीर्षकको रोमान्टिक गीत रिलिज भएको छ।

बिहीबार युट्युबमार्फत् सार्वजनिक भएको गीतको भिडियोमा अभिनेता अनुपबिक्रम शाही र अभिनेत्री नम्रता श्रेष्ठलाई फिचरिङ गरिएको छ। 

रोमान्टिक गीतको म्युजिक भिडियोमा यी दुई पात्रले ओठ चुमेको दृष्य राखिएको छ। 

अनुपको अंगालोमा बोल्ड देखिएकी नम्रता निकै खुलेकी छन्। गोविन्द राइको कोरियोग्राफी रहेको गीतमा सन्तोष लामाको स्वर छ भने रवि मल्लको शब्द र कल्याण सिंहको शब्द रहेको छ।

गीतलाई गोपाल रसाईलीले एरेन्ज गरेका हुन्।

नम्रता श्रेष्ठले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता प्रसन्न गोपाली हुन्।

अशुतोष राज श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरले मुख्य अभिनय गरेका छन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्