शुक्रबार, जेठ १, २०८३

लिम्बु परम्परामा आधारित लघु चलचित्र ‘स्पर्श’ रिलिज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौँ- लिम्बु संस्कृतिको ‘न्वागी’ परम्परामा आधारित लघु चलचित्र स्पर्श युट्युब मार्फत् रिलिज भएको छ।

उक्त लघु चलचित्र ‘प्रथम नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’ मा समेत मनोनित भएको थियो।

यस फिल्ममा, पुस्तान्तरसँगै सांस्कृतिक र पारम्पारिक दृष्टिकोणमा आउने मतभेदलाई जीवन्त रूपमा चित्रण गरिएको छ।

वर्षको प्रथम बाली भित्र्याउनुअघि गरिने पुजा ‘न्वागी’ र यसै पराम्परागत मतभेदमा रूमलिएको दुई फरक पुस्ता बाबु र छोराबीचको अन्तरद्वन्द्वलाई फिल्ममा देखाईएको छ। 

पाँचथरको फाक्थेडाँडा गाउँको कथामा बनेको यस फिल्मका पात्रहरू कुनै व्यवसायिक कलाकार नभई फाक्थेडाँडा गाउँ कै स्थानीय हुन्। 

फिल्मको निर्देशन नविन चौहानले गरेका हुन् भने लेखन अन्वेश थुलुङ्ग राईको रहेको छ। सिनेमेट्रोग्राफी निशान पौडेलले गरेका हुन्। फिल्मलाई आर्टमान्डुले निमार्ण गरेको हो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्