बुधबार, मंसिर ३, २०८२

किमको ‘किमोनो’ ले जापानीहरु आक्रोशित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- अभिनेत्री तथा रियालीटी शोकी स्टार किम कार्दशीयनको भित्री वस्त्र उत्पादन गर्ने ब्राण्ड ‘किमोनो’ विवादमा परेको छ।

कार्दशीयनको किमानो ब्राण्डका कारण जापानीहरु आक्रोशित बनेका हुन्।
जापानी महिलाले प्रयाेग गर्ने परम्परागत पाेशाक किमाेनाे
कार्दशीयनले किमोनोका नामबाट भित्रि वस्त्रहरु उत्पादन सुरु गरेकी छन्। जुन वस्त्रहरु किमले हाफ्नो शारिरिक बनावटसँग मिल्दाजुल्दा बनाएकी छन्। साथै उनले ति बस्त्रहरुको रंग पनि बजारमा पाइनेभन्दा पृथक रहेको दाबी गरेकी छन्।

जापानी नागरिकहरुले भने कार्दशीयनले जापानको परम्परागत पोशाकको बेइज्येत गरेको आरोप लगाएका छन्। किमोनो जापानी महिलाहरुको निकै पुरानो परम्परागत पोशाक हो।

त्यहाँका महिलाहरुले विहेलगायतका विभिन्न सांस्कृतिक अवसरमा अहिले पनि किमानोको प्रयोग गर्ने गरेका छन्। जापानीहरुले प्रयोग गर्ने किमोनो लामो, खुल्ला र विभिन्न चित्रहरुले भरिएको हुन्छ।

सोही नाममा कार्दशीयनले भित्री वस्त्रहरु तथा अश्लिल देखिने पोशाकहरु उत्पादन गरेपछि जापानीहरु रिसाएका हुन्।

जापानीहरुले ट्वीटरमार्फत् उक्त नाममा आफ्नो ब्राण्ड नचलाउन कार्दशीयनलाई आग्रह गरेका छन्। जापानीहरुले कार्दशीयनले जापानी किमोनोको हत्या गरेको गुनासो गरेका छन्।

किमले भने ट्वीटरमार्फत् विभिन्न तस्बिरहरु सार्वजनिक गर्दै आफ्नो एक वर्षदेखिको प्रयासले सफलता प्राप्त गरेको बताएकी छन्।

उनले विभिन्न साइज तथा कलरमा भित्री वस्त्रहरु नपाउँदा आफूले निकै दुःख पाउने गरेको र आफ्नो रोजाईअनुसारको भित्री वस्त्र उत्पादन गरेर बजार पठाउने बारे १५ वर्षदेखि सोचीरहेको ट्वीटरमा जनाएकी छन्।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्