शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ज्याक्सन बितेको १० वर्ष : उनको नाममा अझै हुन्छ अर्बौंको कमाइ

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
किङ अफ पप माइकल ज्याक्सन बितेको १० वर्ष भएको छ। सन् २००९ जुन २५ मा उनको मृत्यु भएको थियो। उनको निधनपछि विश्वभरका फ्यान शोकमा डुबेका थिए। उनी लस एन्जलसमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए।

२६ वटा अमेरिकन म्युजिक अवार्ड  

माइकल ज्याक्सन एक मात्र यस्ता गायक हुन् जसलाई ‘रक एन्ड रोल हल अफ फेम’ ले सम्मानित गरिएको थियो। उनले जीवनभर २६ अमेरिकन म्युजिक अवार्ड पाएका छन्।  माइकल ज्याक्सनको मृत्यु हुँदा उनी पूर्ण रूपमा ऋणमा डुबेका थिए। ज्याक्सनको मृत्युपछि उनको नाममा हुने कमाइबाटै उनको परिवारले ऋण तिरेका थिए।

सन् २०१८ मा साढे २८ अर्बको कमाइ भएको थियो। ज्याक्सनको मृत्युपछि उनको पुरानो एल्बम तथा अन्य सम्झौताबाट पैसा बन्ने हुन्छ। उनको एल्बमबाटै अर्बौंको कमाइ हुन्छ। 

फोर्ब्स म्यागजिनको सूचीमा पनि उनी ५ वर्षदेखि टप लिस्टमा छन्। फोर्ब्सकै अनुसार सन् २००९ देखि हालसम्म उनका नाममा १७ करोड एक सय १० रकम कमाइ भइसकेको छ।

यौन शोषणको आरोप

माइकल ज्याक्सन जति प्रख्यात थिए, विवादमा पनि उत्तिकै अल्झिएका थिए। उनलाई आफ्नो भतिजोलाई यौनशोषण गरेको आरोप लागेको थियो। उक्त केस ४ महिनासम्म चलेको थियो। तर, उक्त आरोप भने झुठो साबित भएको थियो। मृत्युको एकदशक बितिसक्दा पनि माइकल ज्याक्सनका फ्यान विश्वभर रहेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्