शुक्रबार, जेठ १, २०८३

सिमलामा रमाउँदै सारा र आर्यन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – चर्चित वलिउड नायिका सारा अली खान र कार्तिक आर्यनको जोडीले अहिले वलिउड बजार तातिएको छ। यी जोडी अहिले सिमलाको सडकमा आफ्नो मुख छोपेर घुमिरहेका छन्। 

यी जोडीका मुख छोपेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएको छ। मुख छोपेर घुम्दासमेत उनका फ्यानहरुले यी दुईलाई छाडेनन्। यी जोडीले आफ्ना फ्यानसँग खिचाएका तस्बिरहरु सामाजिक सञ्जालमा चर्चामा आएका छन्।

साथै आर्यनले पनि सारासँगको तस्बिर आफ्नो इन्स्टाग्राममा अपलोड गरेको छन्। ‘लभ आजकल २’ को सुटिङका लागि यो जोडी सिमला पुगेका हुन्। सुटिङमा व्यस्त भएपनि समय निकालेर जोडी सिमलामा रमाउँदै छन्। 

साराले करण जोहरको ‘टक सो’ मा आफ्नो क्रस आर्यन रहेको बताएपछि यो जोडीले चर्चा पाएको हो। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्