बुधबार, मंसिर ३, २०८२

आज विश्व संगीत दिवस, झुम्दैछन् विश्वका ७०० सहर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - संगीत चाहे खुसी हुँदा होस् वा दुखी सँधै नै मानिसको साथमा हुन्छ। एक्लोपन होस् वा साथीभाइ जमघट संगीत जुनै अवस्था र परिस्थितिमा साथ रहन्छ। संगीतको महत्त्व मानव जीवनमा निकै महत्त्वपूर्ण रहेको छ।

आज जुन २१, विश्व संगीत दिवस। यस वर्षको विश्व संगीत दिवसको नारा भने ‘म्युजिक इज एट इन्टरसेक्सन’ रहेको छ।

विश्व संगीत दिवस संसारभरको एक सय २० देशका सात सय सहरमा मनाइँदैछ। भिएच वान इन्डिया र एमटिभी बिटले विश्व संगीत दिवस फेसबुक मार्फत ‘लन्ग लिभ म्युजिक’ नाम दिई २४ घन्टाका लागि मनाउने भएको छ।

कसरी सुरु भयो विश्व संगीत दिवस ?

सन्  १९८२ मा फ्रान्सको पेरिसमा पहिलो पटक संगीत दिवस मनाइएको थियो।  विश्व संगीत दिवसको परिकल्पना अमेरिकी संगीतकार  जोल कोहेनले गरेका थिए। फ्रान्सका राजनीतिज्ञ ज्याक ल्याङ र संगीतकार मकाउरिस फ्रेलेरेटले संगीत दिवस मनाउने प्रस्ताव गरेका थिए। अतः सन् १९८२ देखि विश्व संगीत दिवस मनाइँदै आएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्