बुधबार, जेठ २०, २०८३

तुइन घटना छानबिन गर्न गठित समितिको म्याद १५ दिन थप

सरकारले तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद १५ दिन थप गर्ने भएको निर्णय गरेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- सरकारले तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद १५ दिन थप गर्ने भएको निर्णय गरेको छ। 

National life

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका २ मालाघाटस्थित महाकालीबाट तुइन तरेर भारतको गस्कु जाने क्रममा एसएसबीले लठ्ठा फुस्काएपछि ३३ वर्षीय जय सिंह धामी बेपत्ता भएका थिए। उक्त घटनाको अध्ययनका लागि सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो।

समितिलाई घटना अध्ययनका लागि १० दिन समय तोकिएको थियो। सरकारले १० दिन भित्र सत्यतथ्य पत्ता लगाइ राय सुझावसहितको प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिएको थियो।

तर, समितिले तोकिएको समयमा प्रतिवेदन पेस गर्न नसकेपछि गृह मन्त्री बालकृष्ण खाँणले साउन २५ गते पहिलो पटक एक साताको म्याद बढाएका थिए। पहिलो पटक थपिएको अवधिमा पनि काम नसकिएपछि दोस्रो पटक मंगलबार थप एक साता म्याद थप गरिएको छ।

छानबिन समितिले अझै सत्यतथ्य बाहिर ल्याउन सकेको छैन। उता महाकालीमा बेपत्ता धामी अझै फेला पर्न सकेका छैनन्।

Shivam cement

प्रकाशित: Aug 25, 2021| 10:49 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।