बुधबार, मंसिर ३, २०८२

‘हिरोइन’ सांसदले गरिन् व्यापारीसँग विहे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारत- तृणमूल कांग्रेसको टिकटमा चुनाव जितेकी बांग्ला फिल्मकी नायिका नुसरत जहाँले बिहे गरेकी छन्।

उनले बुधबार टर्कीमा कोलकत्ताका एक व्यापारी निखिल जैनसँग बिहे गरेकी हुन्।

बिहेका कारण उनले बुधबार भएको लोकसभाका सांसदहरुको सपथ कार्यक्रम छुटाइन्। उनले आफ्नो ट्वीटर अकाउन्टमा बिहेको फोटो शेयर गर्दै यसबारे जानकारी दिएकी छन्। उनीहरुबीचको बिहे हिन्दु परम्पराअनुसार भएको हो 

बिवाह समारोहमा दुबै पक्षका निकट नातोदारमात्र सहभागी भएका थिए।

उनीहरुको बिहे टर्कीको बोडरम शहरमा भएको हो। नुसरत बंगाली फिल्मकी चर्चित नायिका हुन्। उनले गत लोकसभा निर्वाचनमा पश्चि बंगालको बशीरहाटबाट चुनाव जितेकी थिइन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्