बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साँफे-मार्तडी सडकखण्ड अवरुद्ध, १६ घर पहिरोको उच्च जोखिममा

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध, १६ घर पहिरोको उच्च जोखिममा

अविरल वर्षाका कारण पहिरो खस्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

धनगढी- अविरल वर्षाका कारण पहिरो खस्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

जिल्लाको चौरपाटी गाउँपालिका–६ मार्कुस्थित सडकमा पहिरो खस्दा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा प्रहरी चौकी चौखुट्टेको टोलीले पहिरो पन्छाउने काम गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

१६ घर पहिरोको उच्च जोखिममा

लगातारको अविरल बर्षाका कारण अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीका १६ घर पहिरोको उच्च जोखिममा परेका छन्। 

वडाको नौलाघर र चौसाल टोलको तलबाट पहिरो बग्न थालेपछि १६ घर जोखिमा परेका हुन्।

चौसाल टोलको सडक काटिएको ठाउँदेखि घर अगाडि र नौलाघर टोलमा घरको पछाडिबाट पहिरो जान थालेपछि नौलाघर टोलका स्थानीय नरेन्द्र नेपाली, जयबिर नेपाली र मानसिंह नेपालीको घर चर्केको छ। 

यस्तै चौसाल टोलका जगत शाह, गोकुल शाह, भीमबहादुर शाह, देब शाह, भरत शाहलगायतको घर उच्च जोखिममा रहेको वडा अध्यक्ष केशरबहादुर शाहले बताए।

प्रकाशित: Aug 25, 2021| 09:11 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।