काठमाडौं- केही दिन यता देशभरको मनसुन सक्रिय बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बुधबारको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।