काठमाडौं - बलिउडका बादशाह साहरुख खान र उनका जेठा छोरा आर्यन खानले डिज्नी फिल्म ‘द लायन किङ’ मा आवाज दिने भएका छन्। डिज्नीको ‘द लायन किङ’ विश्वभर रुचाइएको एनिमेटेड फिल्म हो।
साहरुख खानले द लायन किङका मुसाफाका लागि आवाज दिनेछन् भने आर्यन सानले मुसाफाको छोरो ‘सिम्बा’ का लागि आवाज दिनेछन्। ‘रियल लाइफ’ का बुबाछोरा साहरुख खान र आर्यन खानले ‘रिल लाइफमा’ पनि ‘मुसाफा’ बाबु र ‘सिम्बा’ छोराका रूपमा आवाज दिने भएका छन्।
‘मुसाफा’ र ‘सिम्बा’ फिल्मका प्रमुख पात्र हुन्। साहरुख खानले आफ्नो इन्स्टाग्राममा फोटो सेयर गर्दै यस विषयको जानकारी दिएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४