बिहीबार, जेठ २१, २०८३

भूमिहीन समस्या समाधान आयोग खारेज भए आन्दोलन गर्ने चेतावनी

नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशले भूमि आयोग खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

बुटवल- नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशले भूमि आयोग खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ। शेर बहादुर देउवा नेतृत्वको सरकारले आयोग खारेज गर्ने निर्णय गरेकोमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश भएको छ। यद्यपि यसको फैसला भएको छैन।

National life

महासंघले किसानको पक्षमा जनपक्षीय रूपमा लाग्ने गरी विभिन्न १० बुँदे घोषणापत्र जारी गर्दै अदालतले भूमि आयोग खारेज गर्ने फैसला गरेमा कडा आन्दोलन गर्ने निर्णय गरेको हो।

महासंघका प्रदेश अध्यक्ष खड्कबहादुर खड्काले किसानले भोगेका समस्या समाधान गर्नेतर्फ काम गर्ने बताए। उखु किसानको समस्या समाधानका लागि सरकारबाट ठोस पहल नभएको भन्दै किसानको बक्यौता तुरुन्त दिलाउन सम्बन्धित सुगर मिलहरूलाई सचेत गराउने, यदि माग सुनवाइ नभए आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ। 

महालक्ष्मी सुगर मिलको १२ करोड, लुम्बिनी सुगर मिल नवलपरासीको १ करोड ९० लाख, इन्दिरा सुगुरमिलको २ करोड २० लाख उखु किसानको बक्यौता रहेको संघका अध्यक्ष खड्काले बताए।

संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज सांसद कमलराज श्रेष्ठले किसानका पक्षमा जनपक्षीय काम गर्न निरन्तर दबाब दिइने बताए।

Shivam cement

प्रकाशित: Aug 25, 2021| 08:06 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।