सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ मा लागूऔषधका कारोवारी बढ्दै, एक वर्षमा १५५ जना पक्राउ

प्रदेश १ मा लागूऔषधका कारोवारी बढ्दै, एक वर्षमा १५५ जना पक्राउ

प्रदेश १ मा लागूऔषधका कारोवारी बढ्दै गएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लागूऔषधका कारोबारी बढेको पाइएको हो। लागूऔषधको कुलत एवं दुर्व्यसनमा सबैभन्दा धेरै युवापुस्ता आकर्षित भइरहेको प्रहरीले बताएको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

विराटनगर- प्रदेश १ मा लागूऔषधका कारोवारी बढ्दै गएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लागूऔषधका कारोबारी बढेको पाइएको हो। लागूऔषधको कुलत एवं दुर्व्यसनमा सबैभन्दा धेरै युवापुस्ता आकर्षित भइरहेको प्रहरीले बताएको छ। 

National life

आर्थिक वर्ष २०७७/७८ मा सशस्त्र प्रहरीले प्रदेश १ बाट लागूऔषधको ओसारपसार एवं कारोबारमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा लागूऔषधसहित ७१ जना मात्रै पक्राउ परेका थिए।

भारतबाट लागूऔषध लिएर आउँदै गर्दा पक्राउ पर्नेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ जनाले बढी हो। 

पछिल्लो समय लागूऔषधको ओसारपसार, किनबेच र सेवनलाई नियन्त्रण गर्नका लागि विशेष अभियान चलाइएको नेपाल प्रहरीका सुनसरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए। सञ्जाल नै खडा गरेर लागूऔषधको अवैध ओसारपसार र कारोबार हुन थालेकाले नियन्त्रणका लागि बेलैमा उचित कदम चाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 

नेपालतिर हुने लागूऔषधको अवैध ओसारपसार नियन्त्रणका लागि भारतसँगको खुला सीमा चुनौतीपूर्ण बनिरहेको सुरक्षा विश्लेषण छ। सबै पक्षको साथ र सहयोगमा लागूऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले बताए। सशस्त्र प्रहरी सक्रिय बनेसँगै लागूऔषध नियन्त्रणमा सफलता प्राप्त भइरहेको उनले बताए।

Shivam cement

गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले लागूऔषध गाँजा चार सय ११ किलोग्राम र ब्राउन सुगर (खैरो हेरोइन) चार सय २४ ग्राम ६७ मिलिग्राम बरामद गरेको छ।  त्यसबाहेक अन्य लागूऔषधपनि ठूलो परिमाणमा बरामद भएको डीआईजी दाहालले बताए। 

लागूऔषधको कुलतमा फसेकालाई दुर्व्यसनमुक्त गराउन उपचारका लागि उक्त सुधारगृहमा राख्ने गरिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा जनस्तरको सहयोगबाट निर्माण गरिएको आसरा सुधारगृहको व्यवस्थापकीय जिम्मेवारी भने नेपाल प्रहरीको हो।

प्रकाशित: Aug 25, 2021| 06:40 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।