बुधबार, मंसिर ३, २०८२

बजारमा गोविन्दको ‘बैँस जोवन उर्ली आयो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– गायक गोविन्द ढकालले ‘बैँस जोवन उर्ली आयो, भयो काँ जाऊँ काँ जाऊँ’ बोलको गीत बजारमा ल्याएका छन्। गीतमा ढकाललाई देवी घर्ती मगरले साथ दिएकी छन्।

मायाप्रेममा आधारित लोकलयको गीतको रचना राजेन्द्र शाह ‘बिपी’ ले गरेका हुन् भने संगीत विनोद बाजुरालीको छ। भिडियोमा सोह सेठ्ठी र रिना थापामगरको अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोको डाइरेक्सन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी हुन्।

गीत देवीघर्तीको युट्युव च्यानलबाट शुक्रबार बजारमा ल्याइएको हो। यसअघि तीन गीत बजारमा ल्याइसकेका ढकालले यस गीतबाट आफू आशावादी रहेको बताएका छन्। नयाँ लयको र नेपाली जनजीवनसँग मेल खाने गीत भएकाले यस गीतले झनै दर्शकश्रोताको मन जित्ने उनको विश्वास छ।

प्रवासमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील ढकाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–भारत शाखा बेङ्लोरका अध्यक्ष हुन्। उनले प्रवासमै रहेर पनि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय रहने बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्