बिहीबार, भदौ ४, २०८३

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

बाख्रा चराएर घर फर्किने क्रममा बेलुकी ५ः३० बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गालले उनलाई टोकेको थियो।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

रोल्पा- रोल्पामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए। 

बाख्रा चराएर घर फर्किने क्रममा बेलुकी ५ः३० बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गालले उनलाई टोकेको थियो।

उनलाई प्राथमिक स्वास्थ्य चौकी जङ्कोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पुनले जानकारी दिए। उनी कक्षा ६ मा अध्यनरत थिए।

प्रकाशित: Aug 24, 2021| 20:50 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।