शुक्रबार, जेठ १, २०८३

नेपाली ‘पासवर्ड’मा सन्‍नी लियोनीको आइटम (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं– बलिउडकी हट एण्ड ग्ल्यामरस नायिका सन्नी लियोनीले नृत्य गरेको नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत आइटम गीत सार्वजनिक गरिएको छ।

भिडियोमा सन्नीसँगै नायक अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ। विक्रम जोशीको शब्द संकलन गरेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। गीतमा दुर्गा खरेलको स्वर छ। विष्णु देवाले कोरियोग्राफी गरेको भिडियोलाई अमर जीत सिंहले छायांकन गरेका हुन्।

अमित बस्नेत र हिराल जोशीले संयुक्त निर्माण गरेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। चलचित्र ‘पासवर्ड’ आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्