शुक्रबार, जेठ १, २०८३

प्रियंकाले सलमानलाई दिइन यस्तो दनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी– प्रियंका यतिवेला भारतमा छिन्। उनले भरखरै फिल्म ‘द स्काई इज पिंक’को सुटिङ् सकेकी छन्। उनी फिल्मको सुटिङ् समापन पार्टीमा पुगेकी थिइन्। त्यहाँ उनले खुलेर नृत्य गरेकी थिइन्। प्रियंकाका अलावा फिल्ममा फरहान खान अख्तर र जायरा वसीस देखिने छन्। 

यो फिल्म भन्दा पहिले प्रियंका भारतमा देखिने थिइन्। तर, प्रियंकाले अचानक ‘भारत’ छोडेर फिल्म ‘द स्कार्य इज पिंक’का लागि साइन गरेकी थिइन्। यति मात्र होइन् प्रियंकाले पहिलो पटक सलमानको फिल्म भारतका विरुद्ध बोलेकी छन्।

प्रियंकाले एउटा अन्तर्वातामा ‘भारत’ एउटा डान्सिङ् गीत जस्तै भएको प्रतिक्रिया दिएकी छन्। यो उनको सलमानमाथिको काउन्टर हो। उनले भनिन्, ‘सबैले मलाई मेरो निर्णका बारेमा सोधे। तपाईले नाचगान गर्ने फिल्म किन चुन्नु भएन भनेर। किन  अर्को फिल्ममा एक आमाको भूमिका निभाउन खोजेको भने।’

अहिलेसम्म सलमानले मात्रै प्रियंकालाई निशाना बनाउने गरेका थिए। यतिवेला प्रियंकाले पनि ‘भारत’को विरोध गरेकी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्