आइतबार, फागुन १७, २०८२

साहोको टिजर : एक्सनले भरिपूर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

kumari
एजेन्सी- बाहुबली स्टार प्रभासको अर्को बुहप्रतिक्षित फिल्म ‘साहो’ को टिजर रिलीज भएको छ।  बाहुबली पछि प्रभास ‘साहो’ अर्को फिल्ममा देखिन लागेका हुन्। एक्सन थ्रिलरमा बनेको यो फिल्मले सुटिङ्ग समयदेखि नै चर्चा बटुलिरहेको छ। फिल्म हिन्दी, मलयालम, तेलुगु गरी तीनमा भाषमा बन्ने भएको छ।

‘साहो’ मा प्रभासको ‘अपोजिट’मा बलिउड नायिका श्रदा कपुरलाई देख्न सकिने छ। बलिउडमा श्रदाको डेब्यु फिल्म ‘साहो’ हो। खतरनाक स्टन्ट, गन र ग्यान्ङ्गका साथमा प्रभासको प्रस्तुती जोडदार देखिएको छ।



टिजरको सुरूवात मै सुन्दर देखिएकी श्रदा कपुरको पनि स्टन्ट अवतार देखिएको छ। प्रभास, श्रदा बाहेक, नील नितिन मुकेश, जैकी श्राँफ, चंकी पाण्डे, मंदिरा बेदी, एवलिन शर्मा पनि महत्वपूर्ण भुमिकामा रहेमा छन्। 

फिल्मको निर्देशन सुजितले गरेका हुन्।  फिल्म निमार्णमा  तीन सय करोड बजेट लागेको छ । बिग प्रोजेक्टमा बनेको यस फिल्मले दर्शकको राम्रै साथ पाउने अनुमान गरिएको छ। फिल्म १५ अगस्तमा रिलिज हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्