सोमबार, जेठ १८, २०८३

पूर्वाञ्चल विश्वविद्यालयका चिकित्सक आन्दोलित

पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत चिकित्सक आन्दोलित भएका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत चिकित्सक आन्दोलित भएका छन्। विश्वविद्यालयको शिक्षण अस्पतालका लामो समयदेखि ज्यालादारीका रूपमा काम गरिरहेका चिकित्सक आन्दोलित भएपछि सेवा प्रभावित भएको छ। 

National life

भदौ १ बाट हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गर्दै आन्दोलन थालेको चिकित्सकहरुले बताएका छन्। लामो समयसम्म ज्यालादारीमा काम लगाउन नपाइने नियम भए पनि विश्वविद्यालयले पालना नगरेको अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. धीरज सिंहको गुनासो छ। ज्यालादारीका चिकित्सकलाई करारमा भर्ना खुलाएर नियुक्ति दिन माग राख्दै आन्दोलन गर्नुपरेको उनले सुनाए। दुई दिनभित्रमा माग पूरा नभए अस्पतालमा सेवा दिन नसकिने सिंहले बताए। 

विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलाई बारम्बार समस्याका बारेमा कुरा राखिसक्दा पनि सुनुवाई नभएको डा. सिंहले बताए। विश्वविद्यालयले चासो नदिएपछि चरणवद्ध आन्दोलन घोषणा गरिएको जानकारी उनले दिए। 

अस्पतालमा १२ जना चिकित्सकले ५ वर्षदेखि ज्यालादारीमा काम गरिरहेका छन्। अस्पताल सञ्चालनमा पूर्ण लापरबाही गरिरहेको विश्वविद्यालयले उनीहरुलाई नियुक्ति दिएर काममा लगाउन सकेको छैन। त्यसको विरोधमा मंगलबारदेखि सेवा समय एक घण्टा छोट्याएर चिकित्सक आन्दोलित बनेका हुन्। 

विश्वविद्यालयले अहिलेसम्म दुई जना विशेषज्ञ चिकित्सक र एक जना मेडिकल अफिसरलाई मात्रै नियुक्ति दिएर काममा लगाएको छ। अस्पतालमा १९ जना नर्सिङ कर्मचारी छन्। अस्पताल सुधार नहुँदा पारामेडिकल अन्तर्गतको शैक्षिक कार्यक्रम बीएससी नर्सिङ र बीएन पनि बन्द हुने अवस्थामा पुगेको चिकित्सकहरुले बताए। 

Shivam cement

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. विपेश आचार्यले चिकित्सकको पूरा गर्ने सवालमा छलफल भइरहेको बताए। चिकित्सकलाई प्रभावकारी रूपमा काममा खटाउन नसक्नु अस्पतालकै कमजोरी रहेको पनि उनले स्वीकार गरे। डा. आचार्यले चिकित्सकको माग केही दिनभित्रै पूरा हुने दावी गरे।  

सुन्दरहरैंचा, केराबारी, बेलबारीसमेतका स्थानबाट अस्पतालमा उपचार एवं स्वास्थ्य परीक्षणका लागि दैनिक तीन सय जनासम्म बिरामी पुग्ने गरेका छन्। तर उपचार नपाउँदा सर्वसाधारण मारमा परिरहेको गुनासो स्थानीयको छ।

प्रकाशित: Aug 24, 2021| 18:39 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।