काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २५२५ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस अवधिमा संक्रमणबाट ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टायता परीक्षण गरिएकामध्ये १.५ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ।गत सोमबार ११ हजार ३२६ जनाको परीक्षण गरिएकोमा १५.९० प्रतिशतमा संक्रमण पोजेटिभ देखिएको थियो। जुन पछिल्लो महिनायताकै कम संक्रमण दर हो। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।