शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भुवनलाई सधैं उनको सम्झना

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- भुवनसिंह थापा कक्षा आठमा पढिरहेका बेला उनलाई विदेशबाट फर्किएका एक भिनाजुले वाकम्यान ल्याइदिए । त्यसले उनमा गीत सुन्ने लत बस्यो । उनले यति गीत सुने कि उनमा पनि गीत गाउने इच्छा गाडिँदै गयो । एसएलसी दिएपछि दुई वर्ष शास्त्रीय गायन विधा सिके ।

२०५९ सालमा म्युजिक नेपालबाट ‘जाउँ है दमौली’ गीत रेकर्ड गराएको एक वर्षमा ‘फेवातालमा कमल फुलेछ’ शीर्षकको एल्बम आयो । एल्बमले ठीकठीकै चल्यो । पहिलो एल्बम निस्केको छ वर्षमा अर्को एल्बम निकाले ‘सात रंगे इन्द्रणी’ । त्यसमा भएको लोकआधुनिक  धारको ‘फूल खस्यो डाली नुहेर’ गीत चल्यो भने लक्ष्मी न्यौपानेसँग गाएको ‘उडी जान्छ मन’ बोलको गीत पनि हिट भयो । विष्णु माझीसँग गाएको ‘माया तिमी सात रंगी इन्द्रणीझै कहाँ बिलायौ’ गीत त चर्चित नै बन्यो ।

इन्टरनेट र सामाजिक सञ्जालको विकासले एल्बमको चलन हराउँदै गयो । सिंगल गीत रिलिज गर्ने चलन आयो । भुवनले पनि एल्बम ननिकाले पनि गीत रिलिज गर्ने काम गरी नै रहे । हाल उनको नयाँ गीत रिजिल भएको छ, ‘सधैं तिम्रो सम्झनाले’ । युट्युबमा गीतले बिस्तारै लाइक र कमेन्ट पाइरहेको छ ।

२०६३ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थापाले संगीतमै लागेर धेरैथारै दुःख त पाए नै तर आफू दुखित नबनेको उनी भन्छन् । उनी साहित्यका गम्भीर पाठक हुन् । ‘सिर्जनाको जुनसुकै विधामा लागेको मन होस् त्यसलाई अध्ययन आवश्यक छ,’ उनी भन्छन्, ‘गैरआख्यानले विश्लेषण शक्ति बढाउँछ भने आख्यान र काव्यले सिर्जना र कल्पना शक्ति तिर्खाछ ।’ खगेन्द्र संग्रौलाका संस्मरण, बुद्धिसागरको आख्यान, धरावासीको आत्मकथा, राजवको डायस्पोरिक कथा, महेशविक्रममा आञ्चलिक कथा उनलाई मनपर्छ भने भूपि, बैरागी, घिमिरेका कविता ।

स्टेज सोको लागि पनि उनलाई बेलाबेला साथीभाइले सम्झिरहन्छन् । आफ्नो गीतको अलाबा यनलाई कृष्ण थापाको लोक गीत ‘दूधको भारा’ गाउन अनुरोध आइरहन्छ । ‘त्यो गीतको भिडियो युट्युब पेजमा हालेपछि धेरैले मनपराए,’ थापा भन्छन् । त्यस्तै उनले गाएको झलकमान गन्धर्वको ‘बाला जोबन खेलेर गैगयो’ पनि धेरैले मनपराए । आफूलाई पनि लोक लयका गीत मनपर्ने उनी बताउँछन् । लोक कलाकारदेखि आधुनिक पप सबै विधाका गीत बेलाबेलामा सुनिरहन्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्