बुधबार, मंसिर ३, २०८२

भारती स्टेजमा नेपाली प्रतियोगी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– अहिले सारेगमपाको रौनक भारतमा भन्दा पनि नेपालमा बढेको छ। कारण नेपाली भूमिका दुई प्रतियोगी प्रतिम र आयुष दुवै फाइनलमा पुगेको छन्। उनीहरू टप ६ मा पुगेका हुन्। 

गत फेब्रुअरीमा ९ बाट सुरू भएको यो प्रतियोगितामा ६ जना लिटल च्याम्पहरू प्रतिस्पर्धामा छन्। प्रतियोगितामा ५ देखि १४ वर्षसम्मका बच्चाहरू सहभागी थिए। नेपालका यी दुई बालक मध्य प्रितम आचार्य ११ वर्षका हुन् भने आयुष केसी १३ वर्षका भए। 

आयुष भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्। प्रितम भने विश्व आर्दश विद्यालय इटहरीमा अध्ययनरत छन्। उनी कक्षा ६ मा पढ्छन्। बिबिसी नेपालीमा उल्लेख भए अनुसार उनी सानोमा पनि साई बाबाको भजन गाउने गर्थे।  

यी दुई नेपाली बाल गायक बाहेक भारतका अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास र महम्लद फैज पनि प्रतिस्पर्धामा रहेका छन्। अब यी मध्येको विजेता हुने हुन् त्यो भने हेर्नै बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्