काठमाडौं– सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा मिसिल झिकाउन आदेश दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार घिसिङको नियुक्तिसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो।
सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा सरुवा गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो। उक्त निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए।