बुधबार, असार ४, २०८२

किन ट्रोल भइन् सुहाना खान ?

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं - सामाजिक सञ्जालको प्रयोग जति व्यापक छ त्यति नै बेफाइदा पनि। त्यसमा पनि स्टार र स्टारका बच्चाहरूको फलो र चियोचर्चा बढी नै हुने गर्छ सामाजिक सञ्जालमा। त्यसैले सानो गल्तीमा पनि अनावश्यक विवादमा तानिन सक्ने सम्भावना बढी नै हुन्छ।

कहिले ‘ड्रेसिङ सेन्स’ त कहिले अभिव्यक्ति वा कहिले फोटो सुटका कारण ट्रोलको शिकार हुन पुग्छन् स्टारहरू। यस्तै ट्रोलमा परेकी छन्, सुहाना खान। उनी यस पटक ड्रेसिङ नभई अन्य कारणले नै भाइरल भइरहेकी छिन्। 

बलिउडका बादशाह शाहरूख खानकी छोरी सुहाना खान हालै खिचिएको सेल्फीका कारण ट्रोल बनेकी छिन्। उक्त, सेल्फीमा उनको सुन्दरता भन्दा पनि उनको मोबाइलको ब्याक कभरमा रहेको एटीएम कार्डले सबैको ध्यान खिचेको छ। 

सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको सो तस्बिरमा थुप्रै प्रतिक्रिया व्यक्त गरेका छन्। एक प्रयोगकर्ताले ‘वो कार्ड मुझे दे दे ठाकुर’ भनि कमेन्ट गरेको छन् भने अर्को प्रयोगकर्ताले 'यिनी पनि सामान्य नागरिक जस्तै मोबाइलको कभरमा एटीएम कार्ड राख्ने रहीछिन्' भनि प्रतिक्रिया व्यक्त गरेका छन्। त्यस्तै एक अर्को प्रयोगकर्ताले 'दैनिक खर्चको लागि करोडौं क्यास नै राख्छौ होला एटीएम किन चाहियो?' भनि कमेन्ट गरेका छन्। तर हालसम्म उनले कुनै प्रतिक्रियाको जवाफ फर्काएकी छैनन्। सुहाना लन्डनमा आफ्नो ग्राजुएसन पुरा गर्दैछिन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्